काठमाडौ - नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत मंसिर १४ मा सम्पन्न उपनिर्वाचनमा केही स्थानको परिणामले नेकपालाई विशेष धक्का लागेको बताएका छन् । प्रचण्डले स्थायी कमिटीमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा उपनिर्वाचन समीक्षा उपशीर्षकमा धरान उपमहानगरपालिका, भक्तपुर प्रदेशसभा लगायत पहिले पार्टीले जितेका आठ स्थान गुमाउनु परेको उल्लेख गर्दै त्यसबाट पार्टीमा ठूलो धक्का लागेको बताएका…