सुर्खेत – कर्णाली प्रदेश विकास परिषद्को बैठक आज शुरु भएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बिहान ९ः०० बजेदेखि शुरु भएको बैठकमा उनले कर्णालीविज्ञ, स्थानीय सरकारका प्रमुख, परिषद्का सदस्यलाई दिगो विकासको सोचसहितको पञ्चवर्षीय आधारपत्रमा उल्लेखित सवालमाथि छलफल गर्न निर्देशन दिएका छन्। बैठकको शुरुआतसँगै कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव विष्णुप्रसाद…