कालिकोट – सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बन्दी रिहाईको माग गर्दै फोटो प्रदर्शन गरेको छ । नेकपाले सरकारलाई दबाव सृजना गर्न शुक्रबार प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको गाउँ नरहरीनाथ गाउँपालिका–६ माल्कोट सेरापाटामा जनसभासहित बन्दीहरुको फोटो प्रदर्शनी गरेको हो । उक्त समूहको केन्द्रीय कार्यक्रम अनुसार बन्दीहरुका फोटो प्रदर्शन गरिएको नेकपा कालिकोटका…