काठमाण्डु – सर्वाेच्च अदालतले नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष गोपालकृष्ण घिमिरेलाई अदालतको अवहेलना सम्बन्धी मुद्दामा सफाइ दिएको छ । अदालतका न्यायाधीश शान्ति सिंह थापा र सारङ्गा सुवेदीको संयुक्त इजलासले सोमबार घिमिरेलाई सफाइ दिएको छ । सर्वोच्च प्रशासनबाट टिप्पणी उठाएर तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको कार्यकालमा उनीविरुद्ध अवहेलना मुद्दा दर्ता गरिएकोमा सोमबार सफाइ हुने फैसला भएको छ ।…