काठमाण्डु - नेपालमा जेन जी आन्दोलनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिप्रति संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले गहिरो दुःख व्यक्त गरेका छन्। उनले यस घटनाको गहन छानबिन गर्न तथा थप हिंसा हुन नदिन संयमता अपनाउन र रचनात्मक संवादको माध्यमबाट समाधान खोज्न आग्रह गरेका हुन्। महासचिव गुटेरेसले सामाजिक सञ्जालमा एक्समा नेपाल सरकारलाई मानव अधिकार कानूनको…