महासन्धिको उपलेख अनुमोदन गर्न सांसदहरुको माग

काठमाडौं – राष्ट्रियसभाका सांसदहरुले संयुक्त राष्ट्र सङ्घद्वारा जारी अन्तरदेशीय अपराधविरुद्धका महासन्धिको उपलेख अनुमोदन हुनुपर्नेमा जोड दिएका छन् । अन्तरदेशीय सङ्गठित अपराधलाई संयुक्त रुपमा सम्बोधन गर्ने प्रयोजनका लागि उक्त महासन्धिको उपलेख अनुमोदनमा जोड दिइएको हो । महासन्धिका विषयमा छलफल गर्न आज महिला, कानून र विकास मञ्चले यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहालले मानव…