काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धेरै समस्या रहेको बताएका छन् । मन्त्री भट्टराईले समस्याको समाधानका लागि नयाँ विकल्पको विषयमा छलफल भइरहेको बताए । आइतबार गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवनिर्वाचित कार्यसमितिलाई बधाई दिन पर्यटन बोर्डले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाई स्तरोन्नति गरिनेसमेत बताए ।…