स्वीकृति विना एनसेलको शेयर खरिदबिक्री नगर्न प्राधिकरणको निर्देशन

काठमाण्डु – नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति विना एनसेलको शेयर खरिदबिक्री नगर्न होल्डिङ कम्पनी आजियटा ग्रूप र स्थानीय साझेदार सतिशलाल आचार्यलाई निर्देशन गरिएको छ । प्राधिकरणले एनसेललाई पत्र पठाउँदै स्वीकृति विना ५ प्रतिशतभन्दा बढी शेयर खरिदबिक्री गर्न नमिल्ने स्मरण गराउँदै शेयर खरिदबिक्री हुन लागेको भनेर जारी भएको विज्ञप्ति र सञ्चारमाध्यममा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ…