शुक्रबारकाे माैसम : कोशी,बागमती,गण्डकी र कर्णाली प्रदेशमा हिमपातको सम्भावना

काठमाण्डु - जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबारकाे माैसम पूर्वानुमान गरेकाे छ। हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान क्षेत्र आसपास रहेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले देशभर आंशिक देखि सामान्य बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा…