काठमाण्डु- मलेसियाको आजियाटा ग्रुप बर्हार्ड नेपाली दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलबाट बाहिरिने भएको छ । नेपालमा व्यावसायिक चुनौती बढेकोले बाहिरिने निर्णय गरेको आजियाटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले जानकारी दिए । सञ्चालक समितिले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गरेर बाहिरिने निर्णय गरेको हो । एनसेलमा आजियाटाको ८० प्रतिशत सेयर स्वामित्व छ।…