काठमाण्डु - झापाबाट काठमाण्डु फर्कन लागेका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत कार्यक्रमलाई ध्यानमा राखेर स्थानीय प्रशासनले विमानस्थल आपसपास क्षेत्र सुरक्षा कडा पारेको छ । राजावादीहरूले पूर्वराजाको स्वगत गर्दै शुक्रबार शक्ति प्रदर्शन गर्ने तयारीमा छन् । पूर्वराजा शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट र्यालीसहित भव्य स्वागत गरेर आफ्नो शक्ति प्रदर्शनको तयारीमा राजावादीहरूको तयारी छ । शाह हेलिकप्टरमार्फत झापाबाट काठमाण्डु…