डा. भोजराजले त्यागे नेकपा

चितवन– डा. भोजराज अधिकारी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) परित्याग गरेका छन् । अधिकारीले पेशागत काममा बढी केन्द्रित हुने भन्दै शुक्रबार दलीय आवद्धता त्यागेको घोषणा गरेका हुन् । उनी ०७९ सालको अघिल्लो निर्वाचनमा तत्कालीन नेकपा माओवादी (केन्द्र) बाट चितवन–३ मा उम्मेदवार थिए । अधिकारीले कुनै ‘वादको आइडिओलोजी; भन्दा विकासवादको प्रतिस्पर्धाको समय आएको र आगामी दिनमा पेशागतसँगै…