बजेटअघि बीवाईडीका गाडी आयातबारे साइमेक्स इन्कको स्पष्टीकरण : ‘सबै प्रक्रिया कानुनसम्मत’

काठमाण्डु – नेपालका लागि बीवाईडी सवारीसाधनको आधिकारिक वितरक साइमेक्स इन्कले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुनुअघि ठूलो संख्यामा विद्युतीय सवारीसाधन आयात गरिएको सम्बन्धमा उब्जिएका प्रश्नहरूको स्पष्टीकरण दिएको छ । विभिन्न सञ्चारमाध्यम र सार्वजनिक वृत्तमा भइरहेका चर्चाप्रति ध्यानाकर्षण भएको जनाउँदै कम्पनीले सबै आयात प्रक्रिया प्रचलित कानुन, भन्सार नियमावली र पारदर्शी व्यावसायिक पद्धतिअनुसार नै सम्पन्न…