सशस्त्र हेडक्वार्टरमा आगलागी घटनामा छानबिन गर्न समिति गठन

काठमाण्डु - सशस्त्र प्रहरीको हेडक्वार्टरस्थित एमटी (सवारी शाखा)मा भएको आगलागीबारे छानबिन गर्न समिति गठन गरिएको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा कार्यरत डीआईजी सन्दीप थापाको नेतृत्वमा समिति गठन गरिएको हो । बुधवार राति सशस्त्रको प्रधान कार्यालयस्थित एमटी शाखामा आगलागी भएको थियो । बङ्गलामुखी गणबाट गएको टोलीले आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट केही गाडीहरू…