काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता माधव कुमार नेपालले भ्रष्टाचार मौलाएको बताएका छन् । शनिबार राजधानीमा आयोजित नेपाल राष्ट्रिय व्यवसायी महासंघको दोश्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दे नेता नेपालले दण्डहीनताका कारण सबैतिर भ्रष्टाचार मौलाउँदै गएको बताए । उनले सरकारी कार्यालयका कर्मचारीहरु पुरा समय कार्यालयमा नहुने, पैसा विना सेवाग्राहीको काम नगर्ने प्रवृति व्यापक बन्दै गएको टिप्पणी गरे ।…