काठमाण्डु – सुनसरीको धरान उपमहानगरपालिकामा धार्मिक असहिष्णुता फैलिँदै गइरहेका बेला सरकारी पक्षबाट रोकथामको कुनै प्रयास भएन । मन्दिर नजिकै चर्च स्थापना गरिएको विषय होस् वा गोरु काटेर मासुको भोज खाएको प्रचारप्रसार गरेको विषय होस्, यी विषय सामाजिक सञ्जालका कार्यसूची मात्रै बने, सरकारको कार्यसूचीमा परेनन् । पछिल्लो संसद् बैठकमा केही सांसदहरूले गोरुको मासु खाएको विषयमा कुरा…