बिहीबार मुलुकका अधिकांश स्थानमा भारी वर्षा हुने

काठमाण्डु - जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबारकाे माैसम पूर्वानुमान गरेकाे छ ।बिहानैदेखि केही भूभागमा भारी वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार वाग्मती र गण्डकी प्रदेशका थोरै स्थान तथा कोसी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाले आज दिउँसो देशभर सामान्य बदली रहने उल्लेख गरेको छ ।…