बाजुरा - नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले जनताका नैसर्गिक आधारभूत अधिकार र लोकतान्त्रिक गणतन्त्र सरकारले सुरक्षित गर्नुपर्ने बताएका छन्। नेपाल प्रेस युनियन बाजुराले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता लेखकले संविधानको ग्यारेण्टी तथा मौलिक हक अधिकार सुनिश्चितता गर्दै लैजान सरकारलाई आग्रह गरे । सबै राजनीतिक दलको सहकार्यमा नै संविधान कार्यान्वयन भएको लेखकको भनाइ थियो…