काठमाडौँ - निर्वाचन आयोगले नेकपा कम्युनिष्ट पार्टी (नेकपा) दल दर्ता भएको प्रमाणपत्र आज पार्टीका महासचिव विष्णु पौडेललाई प्रदान गरेको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) लेखिएको प्रमाणपत्र पार्टीका महासचिव पौडेललाई प्रदान गरेको हो । पार्टी दर्ता भएको प्रमाणपत्र लिएपछि पार्टी नेता सुवास नेम्वाङले जनताबीच गरिएको प्रतिबद्धताअनुसार…