काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक गम्भीर संकट र चुनौतीपूर्ण परिस्थितिबाट शान्तिपूर्ण निकास निस्किएको भन्दै आगामी माघ २१ गते हुने चुनाव सफल पार्न सबैलाई सहयोग गर्न अपिल गरेका छन् । राष्ट्रपतिले शनिबार जारी गरेको सन्देशमा संविधान बाँचेको, संसदीय प्रणाली बाँचेको र संघीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको स्पष्ट उल्लेख गरिएको छ । प्रतिनिधिसभा विघटनपछि ६ महिनाभित्र…