सेनाको सुरक्षाबाट बाहिरिए प्रचण्ड, निवर्तमान प्रधानमन्त्री ओली सेनासँगै

काठमाण्डु – जेनजी आन्दोलनका क्रममा नेपाली सेनाको सुरक्षा निगरानीमा बसेका नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाहिरिएका छन् । नयाँ अन्तरिम सरकार गठन भएपछि सुरक्षा अवस्था सामान्य भएको अवस्थामा अध्यक्ष प्रचण्ड सेनाको सुरक्षाबाहिर गएका हुन् । निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने अझै सेनाकै सुरक्षामा बसिरहेका स्रोतले जनाएको…