अन्तरिम सरकारका तीन मन्त्री, को कस्ता ?

काठमाण्डु - ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गराउने मुख्य म्यान्डेटसहित गठित नागरिक सरकारका प्रधानमन्त्री सुशीला कार्कीले पहिलो चरणमा तीन मन्त्रीहरूलाई नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेकी छिन् । नवनियुक्त तीन जना मन्त्रीहरूले सोमबार पद तथा गोपनियताको शपथ लिएका छन् र उनीहरू शपथ लगत्तै कार्यभार पनि सम्हालेका छन् । शुक्रबार प्रधानमन्त्रीमा नियुक्त कार्कीले आइतबार पदभार सम्हालेपछि तीन मन्त्री नियुक्ति…