पोखरा - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले एक मन्त्रीको स्वागत सत्कारमै हप्तामै लाखौँ रुपैयाँ खर्च भइरहेको बताएका छन् । शनिबार पोखरामा होटल व्यवसायी महासंघ गण्डकीको प्रथम महाधिवेशनमा बोल्दै मन्त्री किरातीले खादा माला नलगाउन उद्घोष गरे पनि भेट्न आउँदा ल्याइदिने गरेकासँग सामाजिक अभियान सञ्चालन गरेको बताए । ‘जबरजस्ती माला खादा बोकेर आउने साथीहरूका…