भ्रष्टाचार आरोप लागेका नासुलाई सफाइ

काठमाण्डु- भ्रष्टाचार अभियोग लागेका नायब सुब्बा देवीबहादुर थापालाई विशेष अदालतले सफाइ दिएको छ । न्यायाधीशत्रय रमेशकुमार पोखरेल, शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले उनलाई सफाइ दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसै वर्ष १२ वैशाखमा दायर गरेको मुद्दामा सफाइ दिने फैसला भएको हो । भन्सार जाँचपास परीक्षण कार्यालय, तीनकुनेमा नासु पदमा कार्यरत थापाले १…