सीके राउतको ७ बुँदे प्रस्ताव : संसद् विघटन नगरी अन्तरिम सरकारमार्फत ६ महिनाभित्र निर्वाचन गर्नु

काठमाण्डु- संसद् विघटन नगर्न आग्रह गर्दै जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले जेनजी आन्दोलनकारीलाई सातबुँदे प्रस्ताव सार्वजनिक गरेका छन्। बिहीबार बिहान वक्तव्य जारी गर्दै उनले अहिलेको संसद् नै संकट समाधानको आधार हुनसक्ने भन्दै अर्को निर्वाचन नभएसम्म संसद् कायम राख्न अपिल गरेका हुन्। राउतले वर्तमान अस्थिरताबारे गम्भीर चिन्ता व्यक्त गर्दै भने, “देश अर्को १० वर्षसम्म अनिर्णयको…