चीनको प्रतिक्रिया-नेपालमा छिट्टै स्थिरता पुनर्स्थापना होस्

काठमाण्डु- नेपालमा विकसित घटनाक्रमप्रति चीनले प्रतिक्रिया दिएको छ। नेपालीहरूले चाँडै मुलुकमा व्यवस्था र स्थायित्व पुनर्स्थापना गर्ने आशा चीनले व्यक्त गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार नेपालका सबै पक्षहरूले आफ्ना आन्तरिक समस्याहरू उचित ढंगले समाधान गरी छिट्टै सामाजिक व्यवस्था र स्थिरता पुर्नस्थापना गर्ने आशा व्यक्त गरेको छ।…