काठमाण्डु- पोखरामा आइतबार भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा निधन भएका २२ जनाको शव आफन्तलाई बुझाइएको छ । भेटिएका ७० शवमध्ये ४८ जनाको शव मंगलबार बिहान काठमाण्डु लगिएको हो । बाँकी रहेका २२ जनाको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमै राखिएको थियो । पोखरामा राखिएका सबै शवको पोष्टमाटम गरेर परिवारलाई बुझाइएको अस्पतालका निर्देशक भरत खत्रीले बताए ।…