संसदीय सुनुवाइ समितिकी सभापति न्यौपानेद्वारा राजीनामा

काठमाण्डु – संसद्को संसदीय सुनुवाइ समितिको सभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएकी छन् । सभापति न्यौपानेले तत्काल लागू हुने गरी समितिको सभापति पदबाट राजीनामा दिएकी हुन् । राजीनामा उनले भनेकी छन्, ‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली २०८० को  नियम २५ बमोजिम गठित संसदीय सुनुवाई समितिको सभापति पदमा रही रहन विशेष कारणले असमर्थ…