काठमाण्डु – त्रिभुवन विश्वविद्यालयले भदौ २४, २५ र २६ गतेका लागि तय गरिएका स्नातक तहका परीक्षा स्थगित गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुका अनुसार २२ गतेदेखि सञ्चालित ४ वर्षे स्नातक तह दोस्रो वर्ष (आंशिक तथा मौका) परीक्षामध्ये बिहान ७–१० बजेसम्म र दिउँसो १२–३ बजेसम्म सञ्चालन हुने परीक्षा स्थगित गरिएको छ । …