बयान दिन महाभियोग सिफारिस समितिको बैठकमा पुगे प्रधानन्यायाधीश जबरा

काठमाण्डु- महाभियोग लागेसँगै निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा महाभियोग सिफारिस समितिको बैठकमा पुगेका छन् । महाभियोग सिफारिस समितिले सोधपुछका लागि बोलाएपछि जबरा तोकिएकै समयमा सिंहदरबारस्थित समितिको कार्यालयमा पुगेका हुन्। उनलाई महाअभियोगमा रहेका २१ आरोपमा आधारित भएर प्रश्न सोधिने छ । उनीविरुद्ध गएको फागुन १ गते महाभियोग प्रस्ताव दर्ता भएको थियो। समिति सचिवालयका अनुसार विभिन्न व्यक्ति…