बेलडाँडीमा सरकारी गाडीको लफडा : जाँडरक्सीका होटलमा गएको भन्दै उपाध्यक्षको कब्जा

काठमाण्ड – कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा सरकारी गाडी प्रयोगको विषयमा लफडा भएको छ । गाउँपालिकाको गाडी पालिकाकै कामका लागि आफूलाई नदिएको र दुरुपयोग भएको भन्दै गाउँपालिका उपाध्यक्ष शान्ती नाथले गाडीको चाबी नियन्त्रणमा लिएर कब्जा गरेकी छन् । शिक्षा सम्बन्धी बैठकमा सोमबार आफूलाई बेलौरी पुर्‍याइदिन आग्रह गर्दा चालकले नमानेपछि उनले आक्रोशित हुँदै चाबी कब्जामा लिएर बेलौरीतिर लागेकी…