उपसभामुखलाई हटाउन फेरि तात्यो कांग्रेस–एमाले, हस्ताक्षर संकलन सुरु

काठमाण्डु– उपसभामुख इन्दिरा रानामगरलाई पदबाट हटाउन सत्तारूढ नेपाली कांग्रेस र मुख्य प्रतिपक्षी एमाले फेरि सक्रिय भएका छन्। एमालेले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सांसदहरूबाट हस्ताक्षर संकलन सुरु गरिसकेको छ भने कांग्रेसले दिउँसो १२ बजेदेखि थाल्ने तयारी गरेको छ। गत वर्ष पनि दुई दलले रानामगरविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्न खोजेका थिए। तर, आवश्यक दुई–तिहाइ समर्थन नपुग्ने र…