जनताको बहुदलीय जनवादका तीन आयाम

विष्णु रिजाल मदन भण्डारी लामो समय बाँच्न पाउनु भएन । ४१ वर्षको उमेर एउटा व्यक्तिको सिङ्गो जीवनको अपेक्षा गरिएको उमेरको आधाआधी पनि होइन । तर, मदन भण्डारीले यही उमेरमा धेरै कुरा सम्पन्न गरेर हामीबाट विदा भएको २९ बर्ष बितिसकेको छ । मदन भण्डारीको व्यक्तिगत जीवनलाई मूल्याङ्कन गर्दा पार्टी नेतृत्वको हिसावमा उहाँले जम्माजम्मी चार वर्ष मात्रै…