काठमाण्डु - नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) महासचिवमा ललित विक निर्वाचित भएका छन् । अखिलको चौँथो पूर्ण बैठकले विकलाई महासचिवको जिम्मेवारी दिएको हो । प्रकाश जप्रेल सचिव र प्रतिमा चौधरी कोषाध्यक्षमा चयन भएका छन् । नवनियुक्त महासचिव विकले आमनागरिकका मुद्दासँग जोडिएर अखिल क्रान्तिकारीले आन्दोलन गर्दै आएको बताए ।…