बाँके - बाँकेको कोहलपुरस्थित एक मतदान केन्द्रमा दुई पक्षबीच झडप हुँदा खुकुरी प्रहार भएको छ । कोहलपुर नगरपालिकाको कौशिल्यानगरमा माओवादी र एमाले कार्यकर्ताबीच झडप भएको हो । त्यसक्रममा खुकुरी प्रहार हुँदा दुवै पक्षका एक एक जना घाइते भएका छन् । गएराति खुकुरी प्रहारबाट पार्टीनिकट योङ कम्युनिस्ट लिग (वाईसीएल)का नेता राजु शाही र एमालेका विजय थापा…