परिचय खुल्ने कागजातबाट मतदान गर्न पाइने, मापसे गरेकाले भोट हाल्न नपाउने

काठमाण्डु – निर्वाचन आयोगले स्थानीय तहको चुनावमा मादक पदार्थ सेवन गरी मतदान गर्न नपाइने बताएको छ । आयोगले बुधबार साँझ विज्ञप्ति जारी गर्दै मादक पदार्थ सेवन गरेको व्यक्ति मतदाता भएतापनि उनीहरुलाई मतदान गर्न नदिइने जानकारी दिएको हो । ‘मादक पदार्थ सेवन गरेको व्यक्ति मतदाता भएतापनि मतदान अधिकृतले मतदान केन्द्रमा प्रवेश गर्न दिनु हुँदैन,’ आयोगद्धारा जारी…