काठमाण्डु – स्थानीय तहको निर्वाचन शुक्रबार हुँदैछ । भोलि हुने निर्वाचनका लागि मतदान केन्द्रहरुले तयारीलाई तीव्रता दिएका छन् । देशभर १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएका छन् । कतिपय ठाउँमा निर्वाचनको तयारी सम्पन्न भइसकेको छ भने कतिपय स्थानमा धमाधम मतदान केन्द्र बनाईंदै छ । मौसम विभागले मतदानको दिन पानी पर्न…