काठमाण्डु - मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का युरोप, एशिया, प्रशान्त र ल्याटिन अमेरिका क्षेत्र हेर्ने उपाध्यक्ष जोन विंग्ले नेपाल भ्रमणमा आएका छन् । डोनाल्ड ट्रम्प प्रशासनले केही महिनासम्म रोकेको अमेरिकी सहयोग पुनः सुरु भएपछि एमसीसी मुख्यालयबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो । ट्रम्प प्रशासनले २०२५ जनवरी २० मा कार्यकारी आदेशमार्फत यूएसएआईडी, एमसीसी लगायतका वैदेशिक…