कञ्चनपुर – गृहमन्त्री रमेश लेखकको गृहजिल्ला कञ्चनपुरमा भएको हरकिसन राना हत्याकाण्ड रहस्यमै रहेपछि न्याय माग्दै आन्दोलन जुर्मुराएको छ । बेलौरी नगरपालिका–१० निर्मल आर्यघाटनजिक मोटरसाइकलसहित जलेको अवस्थामा हरकिसनको शव फेला परेको थियो । घटनाबारे प्रहरीले अनुसन्धान नगरेको भन्दै मृतक परिवारले गुनासो गरेका छन् । न्याय माग्दै मृतक परिवार र स्थानीयले ईलाका प्रहरी कार्यालय बेलडाँडीमा नाराबाजी गर्दै…