काठमाण्डु - इजरायलको सुरक्षा क्याबिनेटले गाजा कब्जा गर्ने प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको प्रस्तावलाई स्वीकृति दिएको छ। इजरायलको यो निर्णयले झण्डै तीन वर्षको युद्धले आक्रान्त बनेको गाजामा थप क्रुरता फैलिन सक्ने आशंका गरिएको छ। इजरायली प्रधानमन्त्री नेतन्याहुको कार्यालयले शुक्रबार बिहान एक वक्तव्य जारी गर्दै गाजा सिटीलाई कब्जा गर्ने सरकारको औपचारिक योजना र युद्ध अन्त्य गर्नका लागि निर्धारित…