काठमाण्डु - नेपालमा पछिल्लो २४ घण्टामा थप ९४४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार २६४ जनामा परिक्षण गर्दा ९४४ जनामा कोरोना पुष्टि भएको हाे । यस्तै सोही अवधिमा २९७ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मृत्यु भने कसैको पनि भएको छैन ।…