काठमाण्डु - राष्ट्रिय सभाको बैठक कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको छ । विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा बोलेको नेपालले पनि भारतको सिमा मिचेको छ भन्ने अभिव्यक्ति फिर्ता लिनुपर्ने माग राख्दै विरोध गरेपछि बैठक जेठ २६ गतेसम्मका लागि स्थगित भएको हो । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पटक पटक संसादहरूलाई आफ्नो आसनमा…