बालेनलाई आशिकाको अपिल : प्रधानमन्त्रीज्यू, हामी टुहुरा हुन्छौं, सदनमा आइदिनुस्

काठमाण्डु – सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिनिधिसभा सदस्य आशिका तामाङले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहलाई संसद्मा उपस्थित भएर प्रतिपक्षका प्रश्नहरूको सामना गर्न जोडदार अपिल गरेकी छन् । प्रधानमन्त्री बालेनको सीमासम्बन्धी विवादित अभिव्यक्तिका कारण लगातार ३ दिनदेखि संसद् अवरुद्ध भइरहेको सन्दर्भमा सांसद तामाङले सामाजिक सञ्जालमार्फत संसद्मा आउन प्रधानमन्त्रीलाई आग्रह गरेकी हुन् । सांसद तामाङले राष्ट्रियताको विषयमा…