आज पनि प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाण्डु– आज पनि प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक दिउँसो १ बजेबाट सुरु हुने छ । बैठकमा सभामुख डोलप्रसाद आर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची छ । बैठकमा आव २०८३–८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल हुनेछ भने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आव २०८३–८४ को राजस्व र व्ययको…