काठमाण्डु – राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले आजदेखि बिजुली उत्पादन गर्ने भएको छ । कूल ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी आयोजनाको पहिलो युनिटबाट बिजुली उत्पादन सुरु हुन लागेको हो । आज प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ४ बजे भर्चुअल माध्यमबाट आयोजनाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । आयोजनाको पहिलो युनिटको…