कोकाकोलाको भारत र दक्षिण—पश्चिम एसियाको उपाध्यक्षमा देवयानी राणा नियुक्त

काठमाण्डु – कोकाकोला भारतले आफ्नो नयाँ उपाध्यक्षमा नेपालकी देवयानी राज्यलक्ष्मी राणालाई नियुक्त गरेको छ । कोकाकोलाले राणालाई भारत र दक्षिण—पश्चिम एसियामा कम्पनीको सार्वजनिक मामिला, सञ्चार र दीगोपना हेर्ने उपाध्यक्षको रुपमा नियुक्त गरेको हो । राणा राप्रपाका अध्यक्ष पशुपति शमशेर जबराकी छोरी हुन् । उनी कोकाकोला कम्पनीको उद्देश्यहरु प्राप्त गर्नका लागि यस क्षेत्रमा यसको नेतृत्व समूहसँग…