गृहसचिव न्यौपानेलाई हटाउने तयारी,अर्याललाई गृहमा ल्याउने सम्भावना

काठमाण्डु – सरकारले गृहमन्त्रालयका सचिवको सरुवा तयारी गरेको छ । गृहमन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई परिवर्तन गरेर सामान्य प्रशासन मन्त्रालयमा रहेका एकनारायण अर्याललाई गृहसचिव बनाउने सम्भावना रहेको स्रोतको दावी छ । अर्याल यसअघि सहसचिव हुंदा काठमाण्डुका प्रमुख जिल्ला अधिकारी समेत भइसकेका छन् । उनको गृहमन्त्रालयमा लामो अनुभव छ । अर्यालले कलकत्तामा महावाणिज्यदूतको समेत जिम्मेवारी सम्हालेका थिए…