बिहीबार ६ हजार ८२५ संक्रमित थपिँदा ५,९०४ जना निको भए

काठमाण्डु - पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार ८ सय २५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको २१ हजार ७७३ नमुना परीक्षण मध्ये ६ हजार ८२५ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै २४ घण्टामा ५ हजार ९०४ जना संक्रमित कोरोनामुक्त भएका छन्…