काठमाण्डु– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा एमालेको स्थापनाभन्दा धेरै पहिले नै कम्युनिष्ट आन्दोलनमा सक्रिय रहेको स्मरण गरेकी छिन्। काठमाण्डुको थापाथलीस्थित सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उनले राजनीतिक यात्राको प्रारम्भिक अनुभव सुनाएकी हुन् । उनले भनिन् म भोजपुरमा जन्मिएकी हुँ। त्यतिबेला धनकुटामा ‘रातो झण्डा समूह’ भनेर परिचित संगठनसँग सम्पर्क थियो। त्यसैबाट क्रमशः कोअर्डिनेशन केन्द्र, त्यसपछि ‘माले’…