काठमाण्डु – प्रहरीले कोरिया पठाइदिन्छु भनि ठगी गर्ने १ जनालाई पक्राउ गरेको छ । वैदेशिक रोजगारीको लागि कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाण्डु महानगरपालिका–१ नक्साल बस्ने ताप्लेजुङको सिरीजंघा गाउँपालिका–१ घर भएकी ३८ वर्षीया साहारा सुब्बा (थेवे) लाई प्रहरीले पक्राउ गरेको हो । काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई ललितपुरको…